१० साउन, काठमाडौं ।

नेपाल टेलिकमपले टेलिफोन ठाउँसारी गर्नका लागि धेरै प्रश्न सोधिएको भन्दै फेसबुकबाटै यस सम्बन्धी जानकारी सार्वजनिक गरेको छ ।

टेलिफोन ठाउँसारी गर्नका लागि कम्पनीले निर्धारण गरेको फाराम भरेर व्यक्तिगत ग्राहकका लागि नागरिकता वा सवारी चालक अनुमतिपत्रको प्रतिलिपी थान १ र संस्थागत ग्राहकको लागि संस्था प्रमुखको हस्ताक्षर र संस्थाको छाप सहितको फारम भर्नु पर्ने टेलिकमले जनाएको छ ।

पढ्नुस् सूचनाः

टेलिफोन ठाउँसारी गर्नका लागि के के कागजातहरु चाहिन्छन् र शुल्क कति लाग्छ ?
टेलिफोन ठाउँसारीेको लागि कम्पनीद्वारा निर्धारित फाराम पूर्ण रुपमा भरी व्यक्तिगत ग्राहकको लागि नागरिकता वा सवारी चालक अनुमतिपत्रको प्रतिलिपी थान १ र संस्थागत ग्राहकको लागि संस्था प्रमुखको हस्ताक्षर र संस्थाको छाप सहितको कम्पनीद्वारा निर्धारित फाराम भरिएको हुनुपर्छ ।साथै टेलिफोन सार्नुपर्ने स्थान नजिकको टेलिफोन नम्बरसहित जुन ठाउँमा टेलिफोन सार्ने हो उक्त क्षेत्रको टेलिफोन कार्यालयमा सम्पर्क गर्नुपर्छ ।
नोट ः उही एक्सचेन्जको लागि सेतो र अन्तर एक्सचेन्जको लागि रातो फाराम भर्नुपर्छ ।
टेलिफोन ठाउँसारीको लागि शुल्क रु. ३२०।– (कर सहित) लाग्छ ।