काठमाडौं ।

नेपाल पर्यटनका लागि चर्चित देश हो । तर गत बैशाख १२ मा गएको भूकम्पले नेपालले तहसनहस पारेपछि विभिन्न देशले नेपालमा जाने नागरिकका लागि एडभाइजरी जारी गरे । कतिपय देशले नेपाललाई असुरक्षितको सुचीमा समावेश समेत गरे । तर अव भने विस्तारै नेपाली पर्यटन तङ्ग्रिँदै छ ।

संसारका सुरक्षित र असुरक्षित देशको सूची जारी गर्ने इन्स्टिट्यूट फर इकोनोमिक्स एण्ड पिसले सार्वजनिक गरेको सूचीमा नेपाल सुरक्षित देशको ६२ औं स्थानमा परेको   छ ।

दक्षिण एसियामा सबैभन्दा सुरक्षित १८ औं स्थानमा भुटान छ भने नेपाल दोश्रो स्थानमा ६२ औं स्थानमा छ । त्यसैगरी बंगलादेश ८४, श्रीलंका ११४ र भारत १४३ स्थानमा छ । पाकिस्तान भने असुरक्षित देश मध्ये परेको छ उसको स्थान १५४ औं मा छ । अफगानिस्तान पुछारमा १६० औं स्थानमा छ ।


Nepal Index 1

यहाँ संसारमा भ्रमण वा काम गर्न जानका लागि सबैभन्दा सुरक्षित र असुरक्षित १०-१० दशको विषयमा चर्चा गरिएको छ । संसारमा सबैभन्दा सुरक्षित देश युरोपको आइसल्याण्डलाई मानिएको छ । जवकी सबैभन्दा खतरनाक अर्थात असुरक्षित देशको अग्रसूचीमा गृहयुद्धको चपेटामा परिरहेको सिरिया परेको छ ।

ALEPPO, SYRIA - FEBRUARY 20: At least 10 killed and many wounded at the blast in Esselame Border Gate of Syria, on February 20, 2014. It's stated that wounded people are carried to Kilis district of Hatay, Turkey via ambulances. (Photo by AA Images/Anadolu Agency/Getty Images)

इन्स्टिट्यूट फर इकोनोमिक्स एण्ड पिसले सार्वजनिक गरेको पछिल्लो सूचीमा आइसल्याण्डलाई सबैभन्दा सुरक्षित मानिएको छ । यो र्‍याङ्किङका लागि २३ फरक फरक मानकलाई आधार बनाइएको थियो । जस मध्ये हत्याको दर, सेनामा गरिने खर्च, अपराधको संख्या इत्यादि प्रमुख थिए ।

Nepal Index

विश्व सूचीमा नेपाल

यो मापनमा जुन देशले जति कम नम्बर पाएको छ त्यो देशलाई सबैभन्दा सुरक्षित र शान्त मानिएको छ भने बढी नम्बर पाउने देशलाई असुरक्षित र अशान्त मानिएको छ ।

MOUNT-EVEREST-facebook

विश्वको सर्वोच्च शिखर सगरमाथा

यो मापनमा विश्वको सबैभन्दा असुरक्षित देश सिरियलाई सर्वाधिक ३ दशमलव ६४५ अंक जीपीआई प्राप्त भएको छ । अर्थात यतिबेला संसारमा सबैभन्दा असुरक्षित र अशान्त देश सिरिया रहेको छ ।

switzerland

स्वीट्जरल्याण्ड

सन् २००८ मा संसारका १६२ देश मध्ये सुरक्षित देशको सूचीमा ८८ औं स्थानमा रहेको सिरिया अहिले भने यस्तो अवस्थामा पुगेको छ । इस्लामिक स्टेटको आक्रमण र गृह युद्धले सिरिया सबैभन्दा असुरक्षित स्थान बनेको हो ।

संसारका सबैभन्दा असुरक्षित १० देश

१. सिरिया
२. इराक
३. अफ़गानिस्तान
४. दक्षिणथ सूडान
५. सेन्ट्रल अफ्रीकन रिपब्लिक
६. सोमालिया
७. सूडान
८. डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो
९. पाकिस्तान
१०. उत्तर कोरिया

त्यसैगरी संसारका शन्त र सुरक्षित देशको सूचीमा अग्र स्थानमा परेको आइसल्याण्ड । यो मापनमा सबैभन्दा कम अंक जीपीआई (१ दशमलव१४) मात्र प्राप्त गरेर यो देश संसारकै शान्त र सुरक्षित देश सावित भएको छ ।

Iceland

संसारकै सबैभन्दा सुरक्षित र शान्त देश आइसल्याण्ड

अष्ट्रेलिया र न्यूजिल्याण्ड पनि सुरक्षित र शान्त देशको शीर्ष स्थानमै रहेका छन् ।

Australia

अष्ट्रेलिया

स्वेडेन र नर्वे सुरक्षित र शान्त देशको १३ औं र १७ औं स्थानमा छन् । सुरक्षित र शान्त देशको सूचीमा बेलायत ३९ औं स्थानमा छ । नेपाल यो सूचीमा ६२ औं स्थानमा छ भने छिमेकी भुटान भने १८ औं स्थानमा छ ।

UK

बेलायत 

यी हुन् संसारका सुरक्षित १० देशः
१. आइसल्याण्ड
२. डेनमार्क
३. अस्ट्रेलिया
४. न्यूजील्याण्ड
५. फिनलैंड
६. स्विट्जरल्याण्ड
७. क्यानाडा
८. जापान
९. अस्ट्रिया
१०. चेक रिपब्लिक

असुरक्षित देशको सबैभन्दा ठूलो हिस्सा मध्यपूर्व र अरव क्षेत्रमा परेको छ । पछिल्लो समयमा चलिहरेका गृहयुद्ध र आक्रमणको श्रृंखलालले ती देशहरुलाई असुरक्षित बनाएको देखिन्छ ।

सुरक्षित देशको शीर्ष १० मा अमेरिका परेको छैन । चीन पनि यो सूचीमा समावेश छैन ।