९ जेठ, रत्ननगर (चितवन)।

चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ९ः३० बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रत्ननगर नगरपालिका–११ बस्ने ३० वर्षीय उपनेश विकको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रत्ननगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले रत्ननगरतर्फ आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा राति नै ज्यान गएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रासस