२४ कात्तिक, एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाइ दिँदै अन्तराष्ट्रिय मञ्चमा सहकार्य गर्ने आशा ब्यक्त गरेका छन् ।

ट्रम्पले बोलेको यो कुरा भए धेरै नेपालीहरु अमेरिकाबाट विस्थापित हुनेछन्

पुटिनले वासिङ्टन र मस्कोबीच एक अर्काको भावनालाई सम्मान गर्दै वार्ता र संवादबाट २ पक्षीय हित प्रवर्द्धन गर्ने अपेक्षा राखेको सन्देश ट्रम्पलाई पठाएका हुन् ।

Vladimir Putin

वर्तमान समस्या समाधान गर्दै अमेरिका र रुसबीचको सम्बन्ध विस्तार गर्न दुवै पक्षको संयुक्त प्रयत्न रहने आशा पनि पुटिनले आफ्नो सन्देशमा ब्यक्त गरेका छन् ।

विश्वको सुरक्षाका लागि दुई देशले वर्तमान विश्वासका केही जल्दा बल्ला मुद्धामा संयुक्त धारणा बनाउन सकिने पुटिनको भनाइ छ । ट्रम्पको विजयपछि मस्को र वासिङ्टनबीच रचनात्मक संवाद हुन सक्ने उनको अपेक्षा छ ।

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)

अमेरिका र रुसबीचको सम्बन्ध अहिले शित युद्धपछि सबैभन्दा विग्रिएको अवस्थामा छ । तर सम्बन्ध विगार्नु आफ्नो चाहाना नरहेको पुटिनको भनाइ छ ।

राष्ट्रपतिकोरुपमा पहिलो भाषणमा ट्रम्पले हिलारीलाई सम्झिए

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामाभन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सच्चा र राम्रो नेता भएको बताएका छन् ।

चुनाव प्रचारताका ट्रम्पले रुसको बचाउ गर्दै पुटिन ओबामाभन्दा सच्चा र राम्रो नेता भएको बताएका थिए । ट्रम्पले पुटिनको निर्णय निर्माण र कार्यान्वयन क्षमता ८२ प्रतिशत रहेको भन्दै उनको आफ्नो देशमाथिको नियन्त्रण क्षमताको प्रशंसा पनि गरेका थिए ।

न्यूयोर्क पोष्टले छाप्यो डोनाल्ड ट्रम्पकी पत्नीको पूर्ण नग्न तस्विर

शितयुद्धपछि रुसले अमेरिकासँग सहकार्यको यति मिठो प्रस्ताव राखेको पहिलो पटक हो । कतिपय अमेरिकीले ट्रम्पलाई चुनावमा पुटिनले सघाएको आशंका समेत गर्ने गरेका छन् । प्रतिद्वन्दी हिलारी क्लिन्टनले रुसप्रतिको धारणालाई लिएर ट्रम्पको कडा आलोचना  गर्दै आएकी थिइन् ।