१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विदेश भ्रमणमा गएका बेला त्यहाँमा उनको लागि विभिन्न खानेकुराहरु तयार पारिन्छ तर भारत भ्रमणको क्रममा भने उनले मनपर्ने खानेकुरा खानको लागि सम्झौता गर्नुपर्ने हुनसक्छ । सीएनएनको रिपोर्टअनुसार ट्रम्पलाई बीफ (भैँसीको मासु) एकदमै मनपर्छ र प्रायजसो आफ्नो खानामा खाने गर्छन् ।

भारतको धेरै राज्यमा भैँसीको मासु बिक्रीबितरणमा प्रतिबन्ध छ । यसकारण पनि उनले मनपर्ने खानेकुरा खान नपाउन सक्ने देखिएको छ । अमेरिकी मिडियाका अनुसार भारतको मेन्यू देखेर ट्रम्पलाई झट्का लाग्नसक्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शाकाहारी खाना खान्छन् । ट्रम्पको दुई दिनको भ्रमणमा मोदी र ट्रम्पले सँगै खाना खान्छन् । यद्यपि भारतीय आयोजकहरुसँग जोडिएका अधिकारीहरुले भने खानाको मेन्यू खानेबेलामै तयार हुने बताएका छन् ।

ट्रम्पको भ्रमणको क्रममा उनका अधिकारीहरुले स्वादिलो खाना खुवाउनको लागि प्रयत्नरत हुन्छन् । ट्रम्पका अधिकारीका अनुसार उनी मासुको साथमा सलाद खानेगर्छन् । तर त्यसको अलावा उनीहरुले शाकाहारी खाएको नदेखेको उनीहरु बताउँछन् । ट्रम्पकोमा काम गरिसकेका पूर्व अधिकारीहरुले समेत भारतमा बीफ प्रतिबन्ध भएको थाहा पाएपछि ट्रम्पले त्यहाँ गएर के खान्छन् भन्नेमा आश्चर्य प्रकट गरेका थिए ।

ट्रम्प बुधबार भारतको दुई दिने भ्रमणको लागि गएका हुन् । ट्रम्पसँग उनकी पत्नी मेलानिया, छोरा इभान्का र ज्वाईँ जरद कुश्नर पनि भारत भ्रमणका लागि गएका छन् । उनीहरु भोलि राति १० बजे निजी विमानमार्फत अमेरिका फर्कनेछन् । ट्रम्पले पहिलोपटक भारतको भ्रमण गरेका हुन् ।