१४ साउन, एजेन्सी।

हिलारी क्लिन्टनले फिलाडेल्फियामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा प्रतिद्वन्दी डोनाल्ड ट्रम्पमाथी कडा शब्दले आक्रमण गरेकी छिन्। ‘राष्ट्रपति पदको लागि उनमा न त चरित्र छ, न अनुभव नै’, डेमोक्रेटिक पार्टीकि उम्मेदवार क्लिन्टनले भनिन।hillary clinton and trump 162046610

हिलारीले पार्टीले आफुलाई दिएको राष्ट्रपतिको उम्मेदवारी स्वीकार गरेकी छिन्।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै हिलारीले पार्टीमा एकताको लागि आह्वान समेत गरिन। कुनै पनि धर्ममाथी प्रतिबन्ध नलगाइने सम्मेलनमा उनले बताइन।

ट्रम्प विरुद्ध बोल्दै उनले भनिन, ‘कुनै यस्तो व्यक्ति माथी भरोस नगरियोस् जो भन्छ कि केवल म आफै हालात ठिक गर्न सक्छु।’ उनले भनिन, ‘हामी अमेरिकी यस्तो कहिल्यै भन्दैनौं। अमेरिकी भन्छन् कि हामी मिलेर हालात ठिक गर्नेछौ।’

उनले भनिन कि हामी कुनै धर्म माथी रोक लगाउँदैनौ। हामी सबै मिलेर आतंकबादसंग लड्नेछौं।

राष्ट्रपति ओबामाको उल्लेख गर्दै हिलारीले भनिन, ‘ओबामाले देशलाई आर्थिक संकटबाट बचाए।’

यो पनि पढ्नुस।

१९००० इमेल लिकले ल्यायो अमेरिकामा रुसी भूकम्प