६ चैत, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मनीकी चान्सलर एंगेला मर्केलबीच शुक्रबार वासिङटनमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको छ ।

भेटबार्तापछि भएको पत्रकार सम्मेलनमा उनिहरुको भेटबार्ता सौहार्दपूर्ण नभएको देखिएको थियो ।

पत्रकारहरुका अगाडी उभिएपछि स्वभाविक रुपले दुवै जनाले हात मिलाउनु पर्नेमा पत्रकारहरुले आग्रह गर्दा पनि उनिहरुले एक आपसमा हात मिलाउन सकेनन्।

पत्रकारहरुको आग्रहपछि ट्रम्पसँग हात मिलाउनका लागि मर्केलले ट्रम्प तर्फ हात दिएको भएपनि ट्रम्पले अस्विकार गरेपछि उनिहरु हात मिलाउन असफल भएका हुन ।

आप्रवासी र रुसलाई हेर्ने दृष्टीकोणमा उनिहरुको ठिक उल्टो धारणा रहेको छ । त्यो फरकपनको झल्को पत्रकार सम्मेलनमा पनि स्पष्टसँग देखिएको थियो ।

भेटवार्ताका क्रममा ट्रम्पले अमेरिकालाई फाइदा हुने व्यापार सम्झौता, आप्रवासनमा कडाइ, सैनिक शक्ति वृद्धि लगायतका विषयमा कुरा उठाए ।

मर्केलले भने विश्वव्यापीकरणका फाइदा, आप्रवासीहरुप्रति खुलापन जस्ता पक्षमा जोड दिएकी थिइन ।

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले पुर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनले आफू विरुद्ध निर्वाचनको समयमा सरकारी संयन्त्रबाट नै जासुसी गर्न लगाएको आरोप फेरी लगाएका थिए । उनले यो आरोप यसअघि पनि लगाएका थिए । तर ओवामाको पक्षबाट सो आरोपको यसअघि नै खण्डनपनि भईसकेको थियो ।