६ चैत, एजेन्सी । चर्चित भारतीय अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चनका पिताको निधन भएको छ । लामो समयदेखि बिमार ऐश्वर्याका पिता कृष्णराज रायको हिजो(शनिबार) मुम्बइको लिलावती अस्पतालमा निधन भएको हो ।

स्वास्थ्य अवस्था विग्रिएपछि गत जनवरीमा उनलाई अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय अवस्था थप गम्भिर बनेपछि उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । बताइए अनुसार ऐश्वर्या आफ्ना पितासँग निकै निकट थिइन् ।

अहिले अस्पतालमा बलिउडका कलाकारको भिड लागेको छ । ऐश्वर्याका पति अभिनेता अभिषेक बच्चन सहित ससुरा अमिताभ बच्चन पनि अहिले अस्पतालमै छन् । कृष्णाराजको आजै अन्येष्टि गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।