२५ साउन, दमौली।
तनहुँको बन्दीपुर नगरपालिका–४ ठूलढुङ्गास्थित अधिकारी मोटर पार्टस नजिकै आज एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

चितवनको गर्दी–८ माडी बस्ने ३५ वर्षीय किशोर महतो मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

महतो डुम्रेबजारवरपर मजदुरी गर्दै आएका थिए । मृतकको शव परीक्षणका लागि दमौलीतर्फ ल्याउने तयारी भइरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस