१२ साउन, काठमाडौं।

अविश्वास प्रस्ताव बुझाउनु दुई दिनअघि एउटा पछुचा गाडीको सुरक्षासहित ११ बजेतिर ललितपुरको मानभवन आइपुगेका प्रचण्डलाई केही भारतीय कम्पनीका साझेदारले पछ्याएका छन्। आफूलाई प्रचण्डको व्यासायिक साझेदार तथा विशेष सहयोगी बताउने निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीकोमा भएको २ अलग अलग भेटघाटमै धेरै योजना बनेका छन्।

पहिलो भेटमा प्रचण्ड, कृष्णबहादुर महरा, वर्षमान पुन र विमलेन्द्र निधि बसेको बुझिएको छ। जसमा बढी राजनीतिक कुरा भएका थिए। प्रचण्डसंग ‘क’ श्रेणीका ठेकेदार अधिकारीले भारतीय कम्पनी रिलायन्स इन्फास्ट्रक्चरका प्रतिनिधिसहित विमलेन्द्र निधिका विश्वासपात्र जनकपुरे रौनियार थरका निर्माण व्यवसायीलाई भेटाका हुन्।

सरकार गठनसंगै फास्ट ट्याक स्वदेशी लगानीमा निर्माण गर्ने ओली सरकारले योजना बनाएजसरी गैरभारतीय लगानमा उक्त बाटो बनाउनै पर्दा नेपाली  निर्माण व्यवसायीले काम गर्न सक्छन् त? भनेर प्रचण्डले अधिकारीलाई सोधेका थिए भने प्राविधिक सहयोग रिलायन्सबाट लिएर आफूहरुले बनाउन सक्नेमा अधिकारीले प्रचण्डलाई ढाडस दिए। प्रचण्डसंगको यो सल्लाहबारे अधिकारीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जगतकुमार गौचनलाई सुनाएका छन्। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।