११ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाए लगत्तै संघीय गठबन्धनको महत्वपूर्ण घटक संघीय समाजवादी फोरमले सरकारबाट ठोस प्रतिबद्धता नआए सम्म वार्ताको औचित्न नभएको जवाफ दिएको छ ।

वार्तामा बस्न मोर्चालाई ओलीको पत्र

सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको समयमा समाजवादी फोरमले फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएको हो ।

संघीय समाजवादी फोरमले भने संविधान पुनर्लेखनसहित २६ सुत्रिय माग सम्बोधन हुने ठोस प्रतिबद्धता सरकारबाट नआएसम्म वार्तामा बस्नुको कुनै अर्थ नरेहेको बताएको छ ।

समाजवादी फोरमको फेसबुक स्ट्याटसमा भनिएको छ, “हामीले वार्ता मार्फत् नै समाधान चाहेका हौं, आन्दोलन हाम्रो रहर होइन, तर निष्कर्षमुखी वातावरण सरकारले नबनाउँदासम्म वार्ताको औचित्य छैन । सरकारको बिना तयारी, बिना इमान्दारी ३६ पटक व्यर्थ वार्ताको उदाहरण ताजै छ । बिना तयारी वा बिना माहोल सिर्फ देखाउनलाई मात्र वार्ताको आह्वान गरेर जनतामा भ्रम छर्ने काम बन्द गर । हाम्रो आन्दोलन जारी छ ।”

forum status on oli letter

उता सिंहदरवारमा सर्वदलीय बैठक जारी छ । बैठकमा सत्तारुढ दलहरुका साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनमा रहेका मधेसवादी पार्टीलाई समेत बोलाइएको छ । तर मधेशी मोर्चाका नेताहरु बैठकमा गएका छैनन् ।

ओलीले आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा आउन मंगलबार साँझ मात्र २ पाना लामो औपचारिक पत्र पठाएका थिए ।

मोदीका नाममा आएका साइकल राजदूतले समय नदिँदा थन्किए