२६ चैत, काठमाडौं ।
सामान्य उतारचढाव आएपनि १ सय रुपैंयाँभन्दा माथि कायम हुँदै आएको प्रतिअमेरिकी डलरको विनिमयदर दुईदिनयता त्योभन्दा तल्लो दरमा झरेको छ । अघिल्लो दिन ५० पैसाले घटेको प्रतिडलर विक्रीदर बुधबार पुनः एघार पैसाले बढेको हो ।

dollar

नेपाल राष्ट्र बैंकले बुधबारका लागि प्रतिडलर विक्रीदर ९९ रुपैंयाँ ९१ पैसा निर्धारण गरेको छ । वाणिज्य बैंकहरुले भने यो विक्रीदरभन्दा माथि पुगेर डलरको कारोबार गरेका छन् ।

त्यसअघिका चारदिन राष्ट्र बैंकले प्रतिडलर विक्रीदर एक सय रुपैंयाँ ३० पैसा निर्धारण गरेको थियो । त्यसअघि पनि सामान्य गिरावटका बाबजूद प्रतिडलर विक्रीदर करीब एक महिनादेखि एकसय रुपैंयाँभन्दा माथि नै थियो ।

डलरको भाउ बढ्दा नेपालका निर्यात्मुलक उत्पादन र रेमिट्यान्सको आयमा वृद्धि देखिएपनि डलर तिरेर आयात गरिने वस्तु भने महँगो पर्न जान्छ । आयातमुखी अर्थतन्त्र भएका कारण डलरको भाउ घट्दा नेपाललाई लाभ हुन्छ ।