४ मंसिर, काठमाडौं । लामो समयसम्म पिसाब च्याप्दा यसले संक्रमण हुने सम्भावना बढाउँछ। जति पिसाब रोक्यो, उति पिसाब थैलीमा संक्रमण हुन्छ।

त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) का युरोलोजिस्ट डा. पवन चालिसे भन्छन् : थैलीमा धेरै बेरसम्म पिसाब जम्मा गर्दा यसले पिसाबनली पनि बिगिन्छ। थैली बिग्रियो भने पिसाब चुहिरहने समस्या पनि आउँछ। मधुमेहका बिरामीले पिसाब रोक्नु हुँदैन।

पिसाब जम्मा गर्ने र नियन्त्रण गर्ने थैलीको आफ्नै क्षमता हुन्छ। निकै बेरसम्म पिसाब निस्किन पाएन भने फर्केर जान पनि सक्छ। यसले मिर्गाैला कमजोर र फेलसम्म हुन सक्छ।