१९ मंसिर, काठमाडौं ।

विगत २१ दिन देखि आमरण अनसनमा रहेका डा गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँग भएको १२ बुँदे सम्झौतासँगै बिहान साढे १० बजे केसीलाई जुस खुवाएर अनसन तोडाइएको हो ।

अति भएपछि ओलीले प्रचण्डले दिए स्वीकार गर्न नसक्ने च्यालेञ्ज

केसीले अघि सारेका माग ६० प्रतिशत पुरा भएको छ भने ४० प्रतिशतमा सरकारले प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएपछि केसीले अनसन तोडेका हुन् ।

gobinda-kc

उनको मुख्य माग मध्ये नयाँ डिन नियुक्त गरिएको छ भने उपकलपतिको बर्खास्थीका विषयमा केसीले लगाएका आरोपमा छनविन गरिने भएको छ । २०७२ भदौ ३१ को मन्त्रिपरिषद् निर्णयका आधारमा चालू शैक्षिक सत्रका लागि पनि एमबीबीएस पढ्न उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तोक्ने सहमति भएको छ। सो शुल्क विश्वविद्यालयको बैंक खातामार्फत कलेजलाई दिइनेछ।

माओवादीको बैठकमा टोपबहादुर रायमाझीको चर्चा

२०७० चैत ३ को सम्झौताअनुसार आइओएमलाई थप स्वायत्तता दिने विषयमा मन्त्रालयले त्रिविलाई पुनः निर्देशन दिने, नयाँ चिकित्सा शिक्षा ऐन नआउँदासम्म नयाँ कलेज एवं प्रतिष्ठानलाई कुनै पनि नाममा सम्बन्धन तथा नयाँ अनुमति नदिने र आसयपत्रसमेत नवीकरण नगर्ने सहमति भएको छ।

दुर्गम र सरकारी विद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीका लागि छात्रवृत्ति ऐन २०२१ बमोजिम प्रदान गरिँदै आएको छात्रवृत्ति बढाउने र सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत पुर्‍याउने सहमति पनि भएको छ।