१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा व्यस्त भएका छन् । त्रिवि शिक्षण अस्पतालमा मृर्गौला प्रत्यारोपणपछि डिस्चार्ज भएको भोलिलपल्टै उनले संक्षिप्त भेटघाट गरेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

रिमालका अनुसार प्रधानमन्त्रीले आज दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निजी सचिवालयका सदस्यहरुलाई भेटेका हुन् । साथै ओलीले पार्टीका महासचिव विष्णु रिमालसँग पनि संक्षिप्त भेट गरेका छन् । डिस्चार्जपछिको तीब्र भेटघाटले उनको पुनः संक्रमण फैलनसक्ने आशंका गरिएको छ । प्रधानमन्त्रीसँगको भेटको क्रममा अन्य सदस्यहरुले मास्क प्रयोग गरेका थिए ।

प्रधानमन्त्री ओली शुक्रबारमात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । ओलीलाई दोश्रो पटक मृर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल भर्ना गरिएको थियो । २१ गते मृर्गौला पत्यारोपण गरेका ओली शुक्रबार साँझ ६ः३० बजे डिस्चार्ज भएका थिए ।