३० मंसिर, एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक पुनः विश्वलाई तर्साएका छन् ।

आमिर खानकी अनस्क्रिन छोरी शाहरुख खानसँग विहे गर्न चाहन्छिन्

खुला बजार अर्थतन्त्रको हिमायती राष्ट्र अमेरिकाको मुख्य पदमा पुगेका ट्रम्पले अव संरक्षणबादी नीति अख्तियार गर्ने संकेत दिएपछि विश्व तर्सिएको हो ।

trump-phone

ट्रम्पले नयाँ नारा अघि सार्दै भनेका छन्, “‘बाइ अमेरिकन, हायर अमेरिकन’ अर्थात ‘अमेरिकी उत्पादन नै किन, अमेरिकीहरुलाई नै रोजगारी देउ’ । यो नाराले अमेरिकासँग ब्यापारिक सम्बन्धमा रहेका सबै राष्ट्र प्रभावित हुने देखिएको छ ।

अमेरिकाको विस्कन्सिन राज्यमा पुगेका ट्रम्पले भने, मेरो प्रशासनले सामान्य नियम पालना गर्ने छ, ‘बाइ अमेरिकन, हायर अमेरिकन’ । अव हामी यसै गर्छौं ।

थाहा पाउनुसः मानिसको लिंगको हाड कसरी हरायो ?

अमेरिकाले वर्षेनी ८०० अर्व डलरको ब्यापार घाटा ब्यहोरी रहेको भन्दै ट्रम्पले चीन जस्ता देशहरुसँग ब्यापारिक सम्बन्धमाथि पुनर्विचार गर्ने संकेत गरेका हुन् । अमेरिकाले संरक्षणवादी नीति लिन खोजेको आरोप लगाउँदै आएको चीनका लागि ट्रम्पको नयाँ नारा सबैभन्दा घातक हुने देखिएको छ ।

चीनका सबैभन्दा धनी ब्यवसायीको ट्रम्पलाई चेतावनी- आक्रामक नबन

त्यसै गरी नेपालको अर्को छिमेकी भारत पनि यो नीतिबाट प्रभावित हुनेछ । यस अघी नै ट्रम्पले भारतीय आउट सोर्सिङ कम्पनीमाथि ठूलो परिमाणको कर लगाउने घोषणा गरिसकेका छन् ।