के तपाई पनि महिनाको तलब नबुझ्दै सिद्धिने र तलब पाएको दुइचार दिन बढि नटिक्ने समस्याबाट तनावमा पर्नुभएको छ ?

कैयौ कोसिस गर्दा पनि तलब बचाउन सक्नुहुन्न भने तपाईलाई वास्तुदोष भएको हुन सक्छ । यदि त्यसो हो भने यि उपाय अपनाउनुस् । जसबाट समस्या समाधान हुन सक्छ ।

-सूर्यलाई यश र वैभवको देवता मानिन्छ र आइतबार सुर्यको पुजा गरिन्छ । त्यसैले आइतबारको दिन सूर्यको पूजा गर्दा घरमा सुख समृद्धि बढ्नुका साथै आम्दानी भएको धन बचत हुन्छ ।

-यदि तलब पाउनासाथ सिद्धिन्छ र जहिले पनि अरुलाई सापटि माग्नुपर्ने हुन्छ भने आइतबार र शुक्रबार सुत्नुअघि एक गिलास दुध भरेर आफ्नो तकियानिर राख्नुस् । यसोे गर्दा धन सम्पतिमा सकारात्मक असर पर्नेछ ।

-शनिबार विहान सबेरै नुहाएर दुध कुनै रुखको जरामा राखनुस् ।

-तलब पाउनासाथ बचत गर्ने बानीको विकास गर्नुस् । अनावश्यक रुपमा पैसा खर्च नगर्नुस् ।

-हरेक कुराको हिसाव राख्ने गर्नुस् ।