२८ असोज, एजेन्सी । मोक्सिकोको मिचोओकेनमा लागूऔषध तस्कर समात्न गएको प्रहरी उल्टै तस्कारको आक्रमणमा परेको छ ।

तस्करहरु रहेको सूचना पाएपछि एउटा ट्रकमा १९ जना प्रहरी तस्कर भएको ठाउँमा पुगे । प्रहरी आउने सूचना पहिले नै पाएर आक्रमणको तयारीमा रहेका तस्करले प्रहरीको गाडि देख्नेवित्तिकै अन्धाधुन्ध गोली प्रहार गरे । त्यसपछि प्रहरीले पनि गाडीभित्रैबाट प्रतिकारमा गोली चलाए तर बाहिर निस्कन सकेनन् ।

ठूलो संख्यामा रहेका तस्करहरुले यहि मौका छोपेर प्रहरी चढेको गाडीमै आगो लगाइदिए । जसले गर्दा १९ जना प्रहरी गाडीभित्र जिउँदै जलेर मरे । आक्रमणकारीको खोजी जारी रहेको बताइएपनि कसैलाई समात्न सकिएको छैन । पछिल्लो समय लागूऔषध तस्कर र प्रहरीबीच हिंसात्मक झडपका घटना बढेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।