५ वैशाख, चौतारा।
भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायीरुपमा सञ्चालनमा आएको छ ।

करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायीरुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएपछि शुक्रबारदेखि सो नाका सञ्चालनमा आएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले बताए ।

गोदाममा थन्किएका करिब पाँच सय ट्रक सामानमध्ये कतिपय अन्यत्र नाकाबाट नेपाल भित्रिसकेका छन् । “करिब दुई हप्ताभित्र सबै सामान आइसक्छ” उनले भने । उक्त सामान नेपाल भित्रिएपछि रु दुई करोडदेखि रु तीन करोडसम्म राजस्व सङ्कलन हुने भन्सार प्रमुख पोखरेलले जानकारी दिए । रासस

यो पनि पढ्नुस्।
कोरियाली भाषा परीक्षा-उपत्यकामा ५ आवेदन केन्द्र, अन्य ५ जिल्लामा १–१
इक्वेडरमा ७ दशमलव ८ रेक्टरको भूकम्पपछि संकटकालको घोषणा
गत वर्ष नेपालमा गएको भन्दा ठूला ४ भूकम्प जान सक्छन्- बेलायती पत्रिका