५ बैशाख, काठमाडौँ ।

चीनको छेन्दुस्थित सिचुवान विश्वविद्यालयको निमन्त्रणामा प्राज्ञिक आदानप्रदानका लागि नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली प्रधानमन्त्रीले नबोलेको कुरा ओलीले बोले- देश नै रहँदैन

एमालेको केन्द्रीय स्कुल विभागले सञ्चालन गर्ने पार्टी स्कुलको कार्यालयसमेत रहेको तुल्लीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीसहित सो टोली चीन प्रस्थान गरेको हो । गत महिना चीनको औपचारिक भ्रमणका समयमा प्रधानमन्त्री, पार्टी अध्यक्ष एवम् पार्टीका स्कुल विभागका प्रमुख केपी शर्मा ओली पनि सो विश्वविद्यालय पुगेका थिए ।

Pradeep-Gwali1

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दुई देशको बीचमा जनता जनताबीचको संवादको निरन्तरता र पार्टी बीचको सहकार्य तथा शैक्षिक एवम् प्राज्ञिक सहकार्यका लागि सो टोली चीन गएको हो ।

पोखराबाट प्रचण्ड र ओलीले भारतलाई प्रहार गरेको चिनियाँ अस्त्र

भ्रमणका समयमा आपसी प्रशिक्षणसम्बन्धी सम्झौता हुने र विश्वविद्यालयका पदाधिकारीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइने नेता ज्ञवालीले जानकारी दिए । दस दिनपछि फर्कने टोलीमा माधव पौडेल, कृष्णलाल महर्जन, बाबुराम थापालगायत छन् । रासस