१७ जेठ, हैदराबाद (भारत) ।

भारतमा बढ्दो तापक्रमका कारण विषेशगरी भारतको दुईवटा सहरमा तातो हावा अर्थात् लुबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

करिब एकै हप्तामा दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ । यो दुई दशकयताकै सबै भन्दा बढी भएको जनाइएको छ ।

[quote_box_left]दक्षिणी भारतमा प्रचण्ड गर्मीले बलेको र तेलङ्गना र आन्ध्रप्रदेशमा मात्र यस प्रकोपबाट एक हजार ९९७ जना मारिएका छन् । यसैगरी पूर्वी भारतमा पर्ने ओडिसा राज्यमा पनि १७ व्यक्ति मारिएका छन् ।[/quote_box_left]

india hitwave 2

दक्षिणी भारतमा प्रचण्ड गर्मीले बलेको र तेलङ्गना र आन्ध्रप्रदेशमा मात्र यस प्रकोपबाट एक हजार ९९७ जना मारिएका छन् । यसैगरी पूर्वी भारतमा पर्ने ओडिसा राज्यमा पनि १७ व्यक्ति मारिएका छन् ।

लुका कारण अत्यन्त प्रभावित सहर आन्ध्रप्रदेशमा गत मे १८ देखि हालसम्म एक हजार ४९० व्यक्ति मारिएका छन् । सो सङ्ख्या गत वर्षको यसै मौसममा लुबाट मारिएको सङ्ख्याको तुलनामा दुगुना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

india hitwave 3

त्यसैगरी आन्ध्र प्रदेशको छिमेकमा पर्ने तेलङ्गाना राज्यको तापक्रम ४८ डिग्री पुगेको र यसबाट ४८९ बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

देशभरी यस प्रकोपबाट अन्य नौ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस प्रकोपबाट मारिनेहरु दुई हजार ५०० पुगेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

लुमा परी मारिनेहरूमा विशेषगरी निर्माणको काममा लागेका कामदार, वृद्धबृद्धा र घरबारविहीन व्यक्ति रहेका छन्
केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरू तेलङ्गना र छिमेकमा पर्ने आन्ध्रप्रदेशमा सर्दै गएको बताइएको छ ।

पछिल्ला दिनमा तेलङ्गना र आन्ध्रप्रदेशमा तापक्रम अनायास बढ्न थालेको बताइएको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ ।
आन्ध्र प्रदेशमा त्यहाँका मजदुर एवम् कामदारहरूलाई धेरै लामो समयसम्म दिउँसोको घाममा काम नगर्न आग्रह गरिएको छ ।

कतिपय मारिनेमा मजदुरहरू नै रहेका छन् । उनीहरू लामो समयसम्म दिउँसोको कडा घाममा काम गरेकाले प्रभावित भएको पनि समाचारमा जनाइएको छ ।

स्वास्थ्य अधिकारीहरूले दिउँसोको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिँड्न, पानी प्रशस्तमात्रामा पिउन र चिसो खाद्य पदार्थको सेवन गर्न सुझाव दिएका छन् । रासस÷एएफपी

यो पनि हेर्नुस्

अत्याधिक तातोले भारतमा सडक पग्लिए