१७ जेठ, काठमाडौं ।

भूकम्पको विनाशपछि विभिन्न प्रभावित जिल्लामा पुगिरहेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार गोरखा पुगेका थिए । गोरखा आरुघाटमा पुग्दा उनीसँग गाउँलेहरुले आफूले भोगेको पीडाको पोको नै पोखे ।

Prachanda in Gorkha with crying woman

भूकम्पका कारण छोरी र नाति गुमाएकी गोरखाको आरुचनौटे गाबिस–३ आरुटारकी भूकम्पपीडित नारायणदेवी श्रेष्ठ त प्रचण्डको हात समातेर धुरु धुरु रोइन ।

Prachanda Working (2)

एमाओवादीले जनजीवनलाई समान्य बनाउनको लागि पहिलो प्राथमिकता विद्यालयको अस्थायी संरचना निर्माणमा जोड दिएको छ ।

Prachanda Working (1)

शनिवार अध्यक्ष प्रचण्डले गोरखाको आरुघाटमा भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गर्दै सो गाविसमा रहेको भीमोदय उमाविको अस्थायी टहरा निर्माणमा सहभागी भएका थिए ।