१९ भदौ, स्याङ्जा।

स्याङ्जाको केवरे गाविस ७ उपप्लो ताप्केमा गएराति पहिरोमा पुरिएर एकैपरिवारका तीन सहित ४ जनाको मृत्यु भएको छ ।

मल्याङकोट गाविस ९ घर भइ तीजका लागि माइत गएकी ३० बर्षीया होमकुमारी मस्र्याङ्गी, उनका ७ बर्षीया छोरी पुनम, एक बर्षीय छोरा मिलन र ७८ बर्षीया चन्द्रकुमारी सारुको मृत्यु भएको हो ।

राति २ बजे घर माथिबाट झरेको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।