विकास श्रेष्ठ ।
२८ फागुन, सोल

अन्तराष्ट्रिय समूदायबाट एक्लिदै गएका उत्तर कोरियाली शासक किम जोङ उनले थप आणविक परिक्षण गर्न निर्देशन दिएका छन् ।

सरकारी समचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज केसिएनएका अनुसार किमले आणविक आक्रमणको क्षमता सुधार गर्न थप आणविक परिक्षण आवश्यक रहेको भन्दै परिक्षणको लागि अधिकारीलार्ई आदेश दिएका छन् ।

Kim john un1

किमले जल, थल र वायू जताततैबाट आक्रमणका तयारी अवश्थामा रहन र सवै ठाउँमा आणविक हतियार परिचालन गर्न पनि निर्देशन दिएको केसिएनएका विवरणलाई उद्धृत गर्दै दक्षिण कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

यद्यपी केसिएनएले किमले कुन बेला यस्तो आदेश दिए भनेर खुलाएको छैन् । केसिएनएले बिहीवार ब्लास्टिक मिसाइल प्रहार गरेको दृश्य हेरेको फोटो राखेर किमको निर्देशन सम्प्रेषण गरेको जनाइएको छ ।

थप आणविक परीक्षण गर्ने उत्तर कोरियाली शासकको आदेश

उत्तर कोरियालाई पुटिनको सन्देश- सम्हालिने कि आक्रमण सहने

कोरिया पुनः युद्धको संघारमा पुगेकै हो ?

यसैबीच किमको निर्देशनको खबर सार्वजानिक भएपछि दक्षिण कोरियाले उस प्रति अन्तराष्ट्रिय समूदायले अपनाएको नीतिप्रति अविवेकी र उदासिन भएको टिप्पणी गर्दै उत्तरको संभावित सवै खाले आक्रमणको डटेर सामना गर्न आफ्नो मुलुक तयारी अवश्थामा रहेको बताएको छ ।

बिहीवार उत्तरले दक्षिण कोरियामा जारी अमेरिकी र दक्षिणी सैनिकबीचको सैन्य अभ्यास प्रति आक्रमक हुदै पुर्वी सागरमा दुइ वटा छोटो दुरी क्षमताको ब्लास्टिक मिसाइल प्रहार गरेको थियो । त्यसलाई लिएर दक्षिण कोरिया र अमेरिकाले उत्तर विरुद्ध फेरी कदम चाल्न राष्ट्र संघलाई पत्र पठाउने तयारीमा छन् ।

यसैगरी उत्तर कोरियाले आक्रमक बोली र व्यावहार देखाउने क्रम जारी रहेपछि रुसले पनि प्योङयाङ चेतावनी दिदै त्यस्ता क्रियाकलाप रोक्न भनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तेजनात्मक गतिविधि रोक्न या आक्रमण सामना गर्न उत्तरलाई चेतावनी दिएका छन् ।

एजेन्सीको सहयोगमा