२५ भदौ, एजेन्सी । भारतीय गायिका हिमेश रेशमियाको आगामी फिल्म ह्याप्पी हार्डी एण्ड हिरको गीत ‘तेरी मेरी कहानी’ रिलिजअघि नै चर्चित भएको छ । गीतलाई हिमेशको साथमा इंटरनेट सेन्सेसन रानु मण्डलले गाएकी छन् । गीतको टीजर बुधबार रिलिज हुनेबित्तिकै ब्यापक चर्चा पाएको छ । अब बिहीबार गीत सार्वजनिक हुनेछ ।

गीतको टीजर सार्वजनिक कार्यक्रममा हिमेशको साथमा उनकी पत्नी सोनिया कपूर बसेकी थिइन् भने रानु मण्डल पनि उपस्थित थिइन् । सोही समयमा मिडियासँगको कुराकानीको क्रममा हिमेश अचानक भावुक भए र बोल्दाबोल्दै रुन थाले । हिमेश रुन थालेपछि उनकी पत्नीले उनको आँशु पुछिदिएकी थिइन् । उनी रोएको तस्बिर अहिले भाइरल बनेको छ । रानु मण्डलले मिडियाका प्रश्नहरुको खुलेर जवाफ दिएकी थिइन् ।

स्मरण रहोस्, रानु मण्डल एक रेलवे स्टेशनमा गीत गाउँदै मागेर खाने गर्थिन् । उनले लता मंगेशकरको गीत ‘एक प्यारको नगमा है..’ गाएकी थिइन् । उनले गाएको उक्त गीतको भिडियो भाइरल भएपछि उनको आवाजको तुलना गायिका मंगेशकरसँगै हुन थाल्यो । त्यसपछि रानुलाई हिमेशले त्यहाँबाट उठाएर टेलिभिजनका विभिन्न रियालिटी शोहरुमा पनि लगे । रियालिटी शो मानै उनले चलचित्रको लागि गीत गाउने मौका दिएका हुन् ।