२५ भदौ, एजेन्सी । सेन्ट किट्समा मंगलबार रेकर्ड तोड्ने रात बन्यो । क्यारेवियन प्रिमियर लिगको जमैका तलवाहको तर्फबाट खेलेका क्रिस गेलले टी–२०मा २२ औं शतक जोडेका थिए । गेलको कुरालाई छाड्ने हो भने टी–ट्वान्टी कुनैपनि ब्याट्सम्यानले ८ भन्दा बढी शतक बनाउन सकेका छैनन् । अस्ट्रेलियाका खेलाडी माइकल क्लिंगरको नाममा ८ शतक लगाएका थिए ।

यहि ४० वर्ष हुने गेलले अन्तिमपटक २०१८ मा सनराइजर्स हैदराबादको विरुद्ध नाबाद १ सय ४ रन बनाए । सेन्ट किट्स नेविस पेट्रियाट्स विरुद्ध ६२ बलमा १ सय १६ रनको पारी खेले । जसमा उनले १० छक्का र ७ चौका ल्याएका थिए । ‘युनिवर्स बोस’को नामबाट चर्चित गेलले च्याकविक वाल्टनको साथ १ सय ६२ रनको साझेदारी गरेका थिए । वाल्टनmे २६ बलमा ७३ रनब बनाएका थिए ।