६ चैत, काठमाडौं । साताको पाँचौँ दिन सुनको मूल्य ह्वात्तै घटेको छ ।

बुधबार तोलामा एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सय रूपैयाँ कायम रहेको सुनको मूल्य बिहीबार तोलामा १५ सय रुपैयाँ घटेको हो ।

अब छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा ३० रूपैयाँले घटेर प्रतितोला ६ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।