९ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ । मौसम परिवर्तनका कारण भिजिबिलिटी नपुगेका कारण उडान तथा अवतरणमा समस्या भएको हो ।

विभिन्न देशबाट नेपाल आएका विमानहरु अहिले आकाशमै होल्ड गरिरहेका छन् । लामो समय होल्ड गर्नुपर्ने भएपछि केही विमान दिल्ली डाइभर्ट भएका छन् । अन्तर्राष्ट्रिय उडानहरु पनि हुन नसकेको विमानस्थलका एक अधिकारीले बताए । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि भिजिबिलिटी २५ सय देखि ३ हजार मिटरसम्म आवश्यक पर्छ ।

आन्तरिकतर्फका भने उडान तथा अवतरणमा खासै प्रभाव परेको छैन ।