११ पुस, एजेन्सी।

अमिर खानको चलचित्र ‘दंगल’ले सलमान खानको चलचित्र सुल्तानले कायम गरेको एउटा रेकर्ड तोडेको छ। दंगलले ओपनिङ विकेण्डमा शानदार व्यापार गर्दै सय करोड भारतीय रुपैया आर्जन गर्यो।dangal-amir-khan-43643413

मात्र तीन दिनमा सुपरस्टार अमिर खान खानको यस चलचित्रले १०६.९ भारु को व्यापार गर्यो जुन सलमान खानको ब्लकबस्टार सुल्तान भन्दा धेरै हो। सुल्तानले शुरुवातको तीन दिनमा १०५ करोडको कमाई गरेको थियो ।

यो पढ्नुस्: ‘दंगल’ हेर्न पुगेकी रेखाले उडाइन आमिरको मजाक!

दंगलले पहिलो दिन २९.७८, दोस्रो दिन ३४.८२ र तेस्रो दिन ४२.३५ करोडको कमाइ गरेको छ।

सय करोड भन्दा बढिको व्यापार गर्ने दंगल अमिर खानको पाँचौ चलचित्र हो । यस अघि सन २००८ मा गजिनी, सन २००९ मा थ्री इडियट्स, सन २०१३ मा धुम-३, सन २०१४ मा पिकेले सय करोड भन्दा बढी व्यापार गरेको थियो।

चलचित्र कुश्ती खेलाडी महाबिर पुन सिंह फोगटको जीवनमा आधारित छ। अमिर खानले महाबिर सिंह पुनलाई पर्दामा जिवन्त रुपमा निभाएका छन्। चलचित्रमा महाबिर पुन सिंहले आफ्ना दुइ छोरी गीता र बबीतालाई कसरी कुश्ती सिकाएर च्याम्पियन बनाउँछन् देखाइएको छ।

चलचित्रलाई सबै तिरबाट प्रशंसा प्राप्त भएको छ । दर्शक सहित फिल्म समिक्षकहरुले पनि दंगललाई निकै रुचाएका छन्।

चलचित्रमा त्यस्ता दृश्य छन जसलाई हेर्दा धड्कन रोकिन्छ, चलचित्रमा दन्द्द र मानवीय भावनाको सुन्दर संयोग हेर्न पाइन्छ। अमिर खानको दमदार अभिनयमा चलचित्रले बाबु र छोरीबीचको सम्वन्धलाई जोडदार रुपमा पर्दामा उतारेको छ।

यो पढ्नुस्।

अपमान गरेको भन्दै सलमानका फ्यान ट्विंकलमाथि खनिए