१० चैत, एजेन्सी ।

उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति भवनमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैनिक अभ्यासको विरोधमा राष्ट्रपति भवनमा आक्रमण गर्ने चेतावनी उत्तर कोरियाले दिएको हो ।

Korea war preparation

उत्तर कोरियाको कोरियाको शान्तिपूर्ण एकिकरण अभियान समितिले बुधबार जारी गरेको विज्ञप्तिमा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हेको प्रशासनविरुद्ध प्रतिशोधात्मक कारवाही गर्ने उल्लेख छ ।

उत्तर कोरियाले प्रहार गर्यो अर्को शक्तिशाली मिसाइल

किम जोङ उन भन्छन् उत्तर कोरियाले छिट्टै परमाणु हतियार परिक्षण गर्नेछ

अमेरिकी शहरलाई हाइड्रोजन बमले उडाउने उत्तर कोरियाको चेतावनी

दक्षिण कोरियामाथिको आक्रमण राष्ट्रपति भवनबाट शुरु हुने र त्यस्ता आक्रमण चोग्वादाइ वा अन्य नजिकका स्थानमा हुन सक्ने केसिएनएले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

एक पटक रकेटको बटन थिचेपछि राष्ट्रपति भवन आगोको मुस्लोसँगै खरानी बनेर समुन्द्रमा पुग्ने चेतावनी पनि विज्ञप्तिमा उल्लेख छ ।

सोमबार मात्र उत्तर कोरियाली नेताले ठूला रकेट लञ्च गर्न आदेश दिएका थिए ।