१० चैत, धुन्चे ।

बुधबार बिहानदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण रसुवाको जनजीवन प्रभावित भएको छ । हावाहुरीका कारण भूकम्पले घर भत्किएर अस्थायी टहरामा बसेका पीडितहरु समस्यामा परेका छन् ।

हावाहुरीले सयौ अस्थायी घरटहराका जस्तापाता र त्रिपालहरु उडाएको छ । हावाहुरीका कारण सदरमुकाम धुन्चे लगायतका स्याफ्रु गोल्जुङ, गत्लाङ, चिलिमे बृद्धिम, हाकु, टिमुरे, थुमन राम्चे लगायतका गाविसहरु बढि प्रभावित भएको छ । धुन्चेमा रहेको जिविस, खानेपानी, जिल्ला वन कार्यालय स्वास्थ्य, कृषि विकास कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालि सेना, मत्स्य अनुसन्धान केन्द्र, सरकारि वकिल कार्यालय, जिल्ला प्राविधिक कार्यालय लगायत विभिन्न सरकारि कार्यालयहरु क्षति पुर्‍याको छ । विभिन्न गाविसमा रहेका ७ वटा विद्यालयको अस्थायी शिकाई केन्द्रको छाना पनि हावाहुरीले उडाएको छ ।

Rasuwa Haba huri  (1)

विहान दैखिनै विधुत सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण कुनै पनि मानविय क्षति नभएको प्रहरि नायब उपरिक्षक अवदेश विष्टले बताए । बिहानदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण मानिस घरबाहिर निस्कन सकेका थिएनन् ।

अस्थायी टहरमा बस्नेहरुले खाना खान समेत नपाएको हाकु ३ बाट विस्तापित भई धुन्चे ५ मा बस्ने च्पुसी तामाङले बताए । हावाहुरीले सबै टहराहरु उडायो खाना पकाएर खाने र बस्ने ठाउँ छैन् उनले भने । हावाहुरी पारेको क्षतिको विषयमा छलफल गर्न जिल्ला दैवी प्रकोप उद्दार समितिको आपतकालिन बैठक बसेर बिभिन्न निर्णयहरु समेत गरेको छ ।

Rasuwa Haba huri  (2)

आज बसेको वैठकले धुन्चेमा बसोबास गर्ने विस्तापित भुकम्प पिडितहरु परिवारहरुको लागि तत्काल जिविसमा रहेको मौजदात त्रिपाल वितरण्त गर्ने नपुग थप ५०० थान त्रिपाल र १००० बण्डल जस्तापाता केन्द्रिय दैवि प्रकोप उद्धार समिति समक्ष माग गर्ने निर्याय गरेको छ । क्षति भएका व्यक्तिका संरचनाहरुको तत्काल निर्माण तथा व्यवस्थापनको लागि निरिक्षण र अनुगमन गर्ने आवस्यकता अनुसार नेपालि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलि परिचालन गर्ने पनि निर्णय भएको छ ।

क्षति भएको सरकारि संरचना विधुत, स्वास्थ्य र शिक्षा लगायतका सेवाहरु तत्काल सुचारु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एंव समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । बुधबार बिहान ७ बजेदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण रसुवाको उत्तर क्षेत्र बढी प्रभावित भएको छ ।