एजेन्सी । दक्षिण कोरिया र उत्तर कोरियाका विदेश मन्त्रीबीच भेटवार्ता भएको छ । दुई देशका उच्च सरकारी प्रतिनिधिबीच निकै दुर्लभ मानिएको प्रत्यक्ष भेटवार्ताबारे दक्षिण कोरियाले पुष्टि गरेको हो ।

दक्षिणका विदेश मन्त्री काङ क्युङ वहा र उत्तरका समकक्षी रि योङ्ग हो बीच फिलिपिन्सको राजधानी मनिलामा भएको एक क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा भेटवार्ता भएको हो । उत्तर कोरियाको पटक पटकको मिसाइल परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला भएको भेटलाई महत्वका साथ हेरिएको छ ।

बेलुकाको खाना खाने समयमा भएको संक्षिप्त भेटघाटमा काङ र रिले हात मिलाएको दक्षिण कोरियाली संचारमाध्यामलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । भेटका क्रममा विदेश मन्त्री रि ले दक्षिण कोरियाले वार्ताका लागि राखेको प्रस्ताव अस्विकार गरेको दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले जनाएका छन् ।

उत्तर कोरियाली विदेश मन्त्री रि ले चीनका समकक्षी वाङ यि सँगपनि भेटवार्ता गरे । चिनियाँ विदेश मन्त्री वाङ यिले दक्षिण कोरियाले राखेको प्रस्ताव उत्तरले स्वीकार्नुपर्ने सुझाव दिएका थिए । उनले वार्ताका लागि दक्षिण कोरियाले गरेको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिएको पनि बताए ।