५ भदौ, एजेन्सी । सलमान खान आफ्नो आगामी फिल्म ‘दबंग ३’को सुटिङमा व्यस्त छन् । फ्यानहरुले तेश्रोपटक चुलबुल पाण्डेलाई पर्दामा देख्न पाउने भएका छन् । तर अहिले सुटिङ भइरहेको फिल्म ‘दबंग ३’को सेटबाट तस्बिर र भिडियोहरु लिक भइरहेका छन् । तस्बिर र भिडियो लिक भएपछि सलमान खान एकदमै रिसाएका छन् ।

पछिल्लो केही दिनदेखि जयपुरको सेटका तस्बिरहरु लिक भइरहेकोले त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । तस्बिरमा सलमान खान र सोनाक्षी सिन्हा एक डान्स सिक्वेन्सको सुटिङ गरिरहेका थिए । सलमानका फ्याहरु भने यी तस्बिरहरु देखर एकदमै खुसी भएका छन् भने सलमान आफैँ तस्बिर बाहिरिएकोमा दुःखी छन् ।

अहिले ‘दबंग ३’को पूणेमा हुने भनिएको सुटिङमा पर्खालको हाइट बढाउन आदेश दिएका छन् । सुटिङमा फोन लैजान प्रतिबन्ध गरिएको खबर भारतीय मिडियाले लेखेका छन् । ‘दबंग ३’लाई प्रभु देवाले निर्देशन गर्दैछन् । फिल्ममा दक्षिण भारतीय कलाकार सुदीप भिलेनको भूमिकामा देखिने भएका छन् । दबंगको यसअघिका दुवै फिल्म सुपरहिट भएका थिए ।