८ साउन, काठमाडौं ।

संघीय मामिला तथा स्थानीय मन्त्रालयले सात वर्षपछि जुद्ध वारूण यत्र दमकल सञ्चालनको जिम्मा पुनः गृह मन्त्रालयलाई नै दिने तयारी गरिरहेको छ ।

सरकारले २०६५ सालमा दमकल सञ्चालनको जिम्मा स्थानीय विकास मन्त्रालयलाई दिएको थियो। त्यसयता नगरपालिकामार्फत दमकल सञ्चालन हुँदै आएको थियो।

तर अहिले नगरपालिकाहरूले प्रभावकारी ढंगले दमकल सञ्चालन गर्न नसकेको भन्दै स्थानीयले गृह मन्त्रालय अन्तर्गतको सशस्त्र प्रहरी बललाई जिम्मा लगाउने तयारी गरिरहेको छ।

‘हामीलाई आर्थिक हिसाबले पनि दमकल सञ्चालन गर्न गाह्रो भइरहेको छ र दमकलमा चाहिने दक्ष प्राविधिक पनि हामीकहाँ छैनन् भन्ने कुरा धेरै नगरपालिकाबाट आएको छ,’ मन्त्रालयका अग्नी नियन्त्रण विपद् व्यवस्थापन शाखा प्रमुख ऋषि आचार्यले भने,‘ यही कारण अहिले दमकल सञ्चालनबारे विकल्पको छलफल भइरहेको छ।’ आजको राजधानीमा खबर छ ।