अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीमा भेटनरी विज्ञान पढ्ने विद्यार्थीहरुले च्यारीटीको लागि नाङ्गो फोटोसुट गरेका छन्। क्यालेन्डर बेचेर कमाएको पैसा सुख्खाको कारण मर्कामा परेका किसानहरुको लागि दान दिन यो फोटोसुट गरिएको थियो।

calender nude photoshoot (1)

भेटेनरी वायोसाइन्स पढ्दै गरेका चौथो वर्षका ६५ विद्यार्थी यो फोटोसुटमा सहभागी थिए। अनि दुइ हप्ता लागेको थियो फोटोसुट गर्न। ‘पहिले त कसले पहिले लुगा खोल्ला भनेर पर्खने गरेका थिए, तर विस्तारै आफ्नो शरिरसंग सहज मान्न लागे। रमाइलो भयो २ हप्ताको फोटोसुट।’, फोटोसुटका मिडिया निर्देशक क्लिफटनले भने।

जतिसक्दो धेरै क्यालेन्डर बेचर आएको पैसा किसानलाई सहयोगार्थ खर्च गरिने तय भएको छ। २०१६ को नयाँ क्यालेन्डरमा फोटो सहित प्रकाशित गर्न फोटोसुट गरा‍इएको थियो।

यसरी खिचाएका थिए विद्यार्थीहरुले क्यालेन्डरको लागि नाङ्गो फोटो:

calender nude photoshoot (6) calender nude photoshoot (3) calender nude photoshoot (2) calender nude photoshoot (5) calender nude photoshoot (4)