५ चैत, एजेन्सी । कोरोना भाइरसको प्रकोपका कारण भारतको दिल्ली सरकारले त्यहाँको जिम, टाइट क्लब र स्पा मार्च ३१ सम्मको लागि बन्न गर्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले ५० जनाभन्दा बढी मानिस एकैठाउँमा जम्मा हुन प्रतिबन्ध लगाएका छन् । केजरीवालले भीडभाड कम गर्नको लागि विवाह लगायतका अन्य भीडभाडका हुने कार्यक्रम नगर्न आदेश दिएका छन् ।

arvind kejariwal

केजरीवालले विवाह नगर्नको लागि र अर्को तारिख पक्का गर्नको लागि अनुरोध गरेका छन् । नगरी नहुने विवाह मात्र गर्न उनको अनुरोध छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार दिल्लीमा अहिलेसम्म ७ जनामा मात्र कोरोना संक्रमित छन् । जसमध्ये १ जनाको मृत्यु भएको छ भने दुईजना ठिक भएर घर फर्किएका छन् । चारजना मानिसहरुको उपचार चलिरहेको छ ।