३१ साउन, एजेन्सी।

शुक्रबार एकसाथ दुइ फिल्म रिलिज भए। बलिउडमा ऋतिक रोशनको फिल्म ‘मोहनजोदारो’ लाई टक्कर दिदैँ अक्षय कुमारको फिल्म ‘रुस्तम’ले कमाइ भने निकै राम्रो गरेको छ।rustom akshya 18233428

पहिलो दिनमै १४.११ करोड भारु कमाएर पहिलो दिन सबैभन्दा बढी कमाउने फिल्मको पाँचौ स्थान सुरक्षित गर्यो। दोस्रो दिन कमाइ झन् बढ्यो। शनिबार यसले १६.४३ करोड भारु कमाइ गर्यो। आइतबार १४-१८ करोड भारु कमाइ गरेको आकंलन गरिएको छ।

आज सोमबार भारतको स्वतन्त्रता दिवसको दिन बिदा भएकाले आज पनि फिल्मले राम्रो कमाइ गर्ने देखिन्छ।

अक्षयको हाउसफुल-३ ले पहिलो दिन १५.२१ करोड भारु र एयरलिफ्टले १२.३५ करोड भारु कमाएको थियो। दुवै फिल्म यो वर्षका टप ५ ओपनर हुन र १०० करोड भारु भन्दा बढीको व्यावसाय गरेको थियो।

रुस्तम भारतमा २,३१७ स्क्रिनमा रिलिज गरिएको छ।