१६ असोज, काठमाडौं।

आठ बर्षको बीचमा पाँच टुक्रा भएको पार्टीलाई एमाओवादी अध्यक्ष प्रचण्डले एक बर्षभित्र एक नम्बरको बताउने प्रतिज्ञा गरेका छन् । शनिवार राजधानीमा आयोजित प्रदेश नम्बर तीनको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई एक नम्बर बनाउने आफूसँग उपाय रहेको दावी गरेका हुन् ।

आफूले दुई बर्ष पार्टीको नेतृत्व गर्ने बताउंदै उले पार्टी निर्माणको लागि गाउँ गाउँ जाने उहाले बताए । ‘कहिले गलत त कहिले सही ठाउँमा खुट्टा परेको छ’प्रचण्डले भने‘तपाईहरु साथ दिनुहोस म पार्टी बनाएर देखाउछु ।’ उनले पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्कन अपिल गर्दै राजिनामा स्वीकृती नहुने बताए ।

प्रचण्डले भारतले गरेको अघोषित नाकाबन्दीको विषयमा कुटनीतिक तबरबाटै समस्याको सधान खाल्ने बताएका थिए । बहुमतिय भन्दा सहमतिय सरकार गठन हुनेमा जोड दिदै प्रचण्डले बहुमतिय सरकार गठन गरेर विदेशी शक्ति केन्द्रहरुलाई खेल्ने ठाउँ नदिने बताए ।

यो पनि पढ्नुहोस्।

एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर विसर्जन हुँदो रहेछ ‘त्यो’ राष्ट्रवादः भट्टराई