१६ असोज, काठमाडौ ।

भारतले एक साता भन्दा बढी समयदेखि अवरुद्ध हुँदै आएको वीरगञ्जको रक्सौल बाहेकका सबै नाकाबाट आपूर्ति सूचारु गर्ने भएको छ । नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले दिएको जानकारी अनुसार आज नयाँ दिल्लीमा बसेको साउथ ब्लकको बैठकले नेपालसँग मिलेर स्थानीय स्तरमा अनुगमन गरेर बाँकी नाका सूचारु गर्ने निर्णय गरेको जानकारी दिए ।

अनुगमन जारी रहेकोले आजैबाट नाका सूचारु हुने छ । बीरगञ्जमा आन्दोलनकारीहरुको संख्या बढी र बढी चहल पहल भएकोले त्यहाँ भने तत्काल सूचारु नहुने भएको छ । साउथ ब्लकले नेपालका प्रमुख राजनीतिक दलहरुले बार्ता थालेको र संविधान संसोधनको प्रक्रिया समेत अगाडि बढाएको अवस्थामा अब मधेसी नेताहरुलेपनि बार्ता गर्नु पर्ने निष्कर्स निकाल्दै नाका सूचारु गर्नु पर्ने निष्कर्स निकालेको हो ।

नेपाल र भारतवीच रहँदै आएको ‘कन्फ्यूजन’ हटेकोले भारतले आफ्नो च्यानलबाट मधेसी नेताहरुलाई बार्ताबाट समस्याको समाधान खोज्न समेत आग्रह गरिरहेको बताईएको छ । भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले हिजो नयाँ दिल्ली पुग्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दुगलसँग भेटेर यथार्थ अवस्था बताएका थिए ।

सो भेटमा नेपालका जनताले दुख पाउनु हुँदैन भन्नेमा आफूहरु सचेत रहेको भन्दै गत्यारोध हट्ने विश्वास ब्यक्त गरेका थिए । उपाध्यायले आज भोलीमै बीरगञ्ज बाहेकका सबै नाकाबाट आपूर्ति सूचारु गर्ने गरी अनुगमन भईरहेको बताए । उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटकोलागि पहल गरिरहेका छन ।

यो पनि पढ्नुहोस्।
दुई बर्षमा पार्टीलाई एक नम्बरको बनाउछुःप्रचण्ड
एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर विसर्जन हुँदो रहेछ ‘त्यो’ राष्ट्रवादः भट्टराई