हेडलाइन्स वाच ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिल्ली पुगेका छन् ।

काठमाडौंमा घमासानको संकेतः मुखर्जी नफर्किँदै यस्तो छ विप्लवको तयारी

नेपालमा भारत समर्थित अख्तियार प्रमुखमाथि महाभियोगमाथि बहस चलिरहेको समयमा त्यो विषयमा औपचारिक निर्णय नगरी दिल्ली गएका देउवा आन्तरिक मामिलामा भारतीय हस्तक्षेप निम्त्याउन र चीनविरुद्ध भारतीय रणनीतिमा प्रयोग हुने खतरा बढेको विश्लेषकहरुले बताएका छन् ।

पहिलो खतराः लोकमान प्रकरणमा भारत निर्णायक
मधेसको समस्या संवोधन गर्नका लागि निर्णायक ठानिएको संविधान संसोधनको बहसलाई छायाँमा पार्दै शेरबहादुर देउवा नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति स्वादेश नफर्किँदै दिल्ली पुगेका छन् । त्यति मात्र होइन भारतकै दवावमा नियुक्त गरिएका र बचाउन खोजिएको भनिएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सदनमा महाअभियोग प्रस्ताव दर्ता भएको र यसबारे कांग्रेस अनिर्णित रहेकै समयमा उनको दिल्ली भ्रमण भएको छ ।

sher br Deuwa walking  343697

हुनत यो मुख्यत राजनीतिक भ्रमण हो तर सन्दर्भ अलि फरक छ । देउवाले भारतीय जनता पार्टी (भाजपा) निकट रहेको थिङ्क ट्यांक ‘इन्डिया फाउन्डेसन’ले गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रजातन्त्रका विषयमा प्रमुख वक्ताको रुपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि छ । तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा चाँहि देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, भाजपा अध्यक्ष अमित शाह, प्रतिपक्ष कांग्रेस नेतृ सोनिया गान्धिसहितका भारतीय नेताहरुलाई भेट्ने कार्यक्रम तय भैसकेको छ। देउवाले गोवामै स्वामी तेजो महानन्द, भारतका रेलमन्त्री सुरेश प्रभु, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित साहसँग भेट्ने कार्यक्रम तय छ ।

अरुणाचलमा चिनियाँ र भारतीय सेना आमने सामने

भारतीय नेताहरुसँगको भेटमा देउवाले मुख्यतः २ विषयमा निर्देशनात्क सुझाव पाउनेछन् । पहिलो संविधान संसोधन गरेर मधेशीको माग संवोधन र दोश्रो लोकमानविरुद्धको महाअभियोग टार्ने । देउवाको दिल्ली भ्रमणकै कार्यतालिका अनुसार लोकमानमाथि महाअभियोग प्रस्तावको बहस चलाइरहेको संसद २५ गते सम्म स्थगित हुनुलाई धेरैले संयोग मानेका छैनन् ।

deuwa-lokman

यसर्थमा देउवाको दिल्ली भ्रमण लोकमान प्रकरणमा निर्णायक बन्ने निश्चित जस्तै छ । लोकमानलाई अख्तियार प्रमुख बनाउँदा भारतले प्रत्यक्ष सहयोग गरेका कारण अहिले महाअभियोगबाट हटाउँदा भारतले आफ्नो प्रधानमन्त्री बन्ने बाटो नै रोकिदिने हो की भन्ने चिन्तामा रहेका देउवा भारतबाट प्राप्त निर्देशनात्मक सुझाव पछि मात्र निर्णित र निर्णायक हुनेछन् । तिहार अघी देउवाका निकट पात्र विमलेन्द्र निधी र भारतीय दुताबाससँग हिमचिम गरिरहने एक कांग्रेस नेताले कुनै पनि हालतमा लोकमानलाई फाल्ने निर्णय कांग्रेसबाट नहुने ठोकुवा हेडलाइन्ससँग गरेका थिए । लोकमानविरुद्धको महाअभियोग पनि असफल हुने उनको दावी छ ।

दोश्रो खतराः देउवा चीन विरुद्ध प्रयोग हुने

कांग्रेस सभापति देउवाको दिल्ली भ्रमण भन्दा पनि खतरनाक सावित हुनसक्छ उनको गोवा भ्रमण । किन भने गोवामा सहभागी हुने कार्यक्रमबाट देउवाले जानेर वा नजानेर चीनलाई चिढ्याउँदैछन् । देउवा सहभागी हुने भारतीय जनता पार्टी सम्बद्ध “इण्डिया फाउण्डेशन”ले आयोजना गरेको ‘इण्डिया आइडियाज कन्क्लेभ’ नामक कार्यक्रममा देउवा मात्र नभएर चीनको टाउको दुखाइको विषय बन्दै आएका तिब्बती पृथकतावादी नेताहरुलाई समेत बोलाइएको छ । देउवासँगै उनीहरुपनि उक्त कार्यक्रममा बक्ताकोरुपमा बोलाइएका हुन् । चीनको आपत्तिकाबीच उक्त कार्यक्रममा चीनले तिबब्ती पृथकताबादी आन्दोलनका नाइके मान्दै आएका दलाइ लामाले समेत भिडियो सम्बोधन गर्ने कार्यक्रम छ ।

dalai lama normal

पाकिस्तानको मुद्धा र अन्य महत्वपूर्ण मुद्धामा चीनलाई आफूलाई अन्तराष्ट्रिय मञ्चमा एक्ल्याएको भन्दै क्रुद्ध बनिरहेको भारतले पछिल्लो समयमा २ कुराले चीनसँग बदला लिन खोजिरहेको छ । एक तिब्बतको मुद्धा र अर्को चीनमा रहेका अल्पसंख्यक मुस्लिम उइगुरको मुद्धा । स्वतन्त्र तिब्बत विद्रोह असफल भएर भागेका दलाइ लामालाई आश्रय दिइरहेको भारतले चीनमा विवादित रहेको उइगुर मुस्लिमको मुद्धा अन्तराष्ट्रिय मञ्च सम्म पुर्‍याएर अफ्ठेरोमा पार्ने रणनीति बनाएको खुलासा केही समय अघी मात्र भारतीय सञ्चार माध्यमले गरेका थिए । भारतले उइगुर मुस्लिम अल्पसंख्यामाथि चीनमा दमन भैरहेको भन्दै मानवअधिकारको मुद्धा उठाउने तयारी गरेको टाइम्स अफ इण्डियाले लेखेको थियो । सन् २००९ मा भारतले चीनको मुस्लिम समुदाय उइगुरका नेता रेबिया कादिरलाई भारत भ्रमण गर्न रोकेको थियो । अव भने भारतमा उइगुर मुस्लिमको कांग्रेस नै गर्न दिने तयारीमा भारत छ ।

प्रणवको सवारीले तनाव दिएपछि राजेश हमालको आक्रामक स्ट्याटस

नेपाल भने एक चीन नीतिमा प्रतिबद्ध छिमेकी देश हो । पटक पटक प्रधानमन्त्री भैसकेका शेरबहादुर देउवाले गोवामा आयोजित विवादित कार्यक्रममा सहभागी भएर चीनलाई चिढ्याउने मात्र नभएर देशको एकचीन नीतिमाथि नै प्रश्न उठाएर सम्बन्ध विगार्ने खतरा बढेको अन्तराष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् । देउवा सहभागी कार्यक्रममा निर्वासित ‘तिव्वती सरकारका प्रधानमन्त्री’ लोब्साङ साङ्गे प्रत्यक्ष सहभागी हुँदैछन् भने स्वतन्त्र तिब्बतका अभियन्ता धार्मगुरु दलाइ लामाले भिडियो मार्फत सम्बोधन गर्दैछन् ।

china nepal flag big nh

भारतीय दवावमा पर्ने भनेर चर्चामा रहेका देउवाले संविधान जारी हुनु अघि भारत भ्रमण गरेपछि उनको प्रतिबद्धता पालना नभएको भनेर भारतले पटक पटक प्रश्न उठाएको थियो । त्यतिबेला भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँगको भेटघाटमा मधेसी, जनजातिलगायतलाई समेटेर संविधानबाट धर्म निरपेक्षता हटाउन सहमत भएको तर पछि त्यो पुरा नभएको भन्दै भन्दै भारतीय नेताहरुले नै असन्तुष्टि जनाएका थिए । देउवा महत्वपूर्ण निर्णय लिनु अघि दिल्ली जाने गरेको भन्दै उनको आलोचना हुने गरेको छ । अहिलेको देउवा भ्रमण भने २ कारण खतरनाक सावित हुन सक्ने आलोचकहरुको भनाइ छ ।

मुखर्जीको नेपाल भ्रमण चीनको प्रभाव कम गर्न- हिन्दुस्तान टाइम्स