२५ कात्तिका, काठमाडौं ।

आफ्नो सरकार गिर्ने बेलामा प्रचण्डसँग शत्रुतापूर्ण सम्बन्धमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा उनीसँग सम्बन्ध सुधार गर्दै आएका छन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन सहमति भएसँगै यी दुई ध्रुवका जस्ता लाग्ने नेताहरुको सामिप्यता बढ्दै आएको छ ।

ट्रम्पले जितेको एकदिनपछि भयो अमेरिकी इतिहासमै नभएको घटना

यसै प्रयासलाई उनीहरुले निरन्रता दिने प्रयासस्वरुप आज दिउसो यिनीहरुबीच सभामुखको कार्यकक्ष सिंहदरबारमा भेट हुने भएको छ ।

oli-prachanda-meet

ओली प्रधानमन्त्री हुँदा उनका सल्लाहकार रहेका प्रमोद दाहालले फेसबुकमा स्टाटस हाल्दै सभामुखको कार्यकक्षमा आज दिउसो ४ बजे ओली र प्रधानमन्त्री प्रचण्डबीच वार्ता हुन लागेको जनाएका छन् । तर, के विषयमा वार्ता हुने हो त्यो भने खुलाइएको छैन ।

अन्धी महिलाको अमेरिका सम्बन्धि भविष्यवाणीले हंगामा

संसदमा अघि बढेको कार्कीमाथिको महाअभियोग र संविधान संसोधनका बारेमा दुई उच्च नेताबीच कुराकानी हुने बुझिएको छ । कांग्रेसले महाअभियोगको विषयमा प्रष्ट निर्णय नगरेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने बारेमा पनि छलफल हुने बुझिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा दिल्लीमा भएका बेला पनि यी दुई नेताबीच भेट भएको थियो ।

मेलेनिया न्यूड फोटो सार्वजनिक भएकी पहिलो अमेरिकी फष्ट लेडी (फिचर)

यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि एमालेसँग संविधान संसोधनबारेमा कुराकानी हुने बताएका थिए । भारत भ्रमणबाट बुधबार फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले संविधान संसोधनका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग कुरा गरिने बताएका थिए ।

ओलीले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउने कुरामा जोड दिइरहेका छन् भने प्रचण्ड संविधान संसोधनको विषयमा ओलीलाई मनाउन चाहन्छन् ।

यस अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भारतमा विवादित बनेर फर्किएका देउवाले आएको एक दिनपछि प्रचण्ड भेटेका हुन् ।