२३ माघ, काठमाडौं
ठूलो दल भएर पनि सुस्त बन्दै आएको आरोप लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले मधेस केन्द्रित दलका नेतासँग छलफल गरिरहेका छन् ।

मधेसका मुद्दामा कांग्रेस प्रष्ट नभएको, संसोधन प्रस्तावलाई पारित गराउन भूमिका नखेलेको आरोप लागिरहेका बेला देउवाले छलफलका मोर्चाका नेतालाई बोलाएका हुन् ।

तर, गएनन् सबै शीर्ष मधेसी नेता
देउवाले बोलाएको छलफलमा सबै मधेसी दलमा आवद्ध शीर्ष नेता गएनन् । ठूला दलमध्ये तमलोपाबाट महन्थ ठाकुर मात्र गए । समाजवादी फोरमबाट उपेन्द्र यादव गएनन्, अशोक राईलाई पठाए । राजेन्द्र महतो पनि आफू नगई प्रतिनिधि पठाए ।

छलफलमा कांग्रेसको तर्फबाट सभापति देउवा, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका नेता सहभागी छन् । बैठकमा सभापति देउवाले चुनावमा सहमति जनाउन मोर्चाका नेतालाई आग्रह गर्ने बुझिएको छ । तर, संसोधन पास नभईकन मोर्चा चुनाव घोषणा गर्ने यसमा तयार हुने पक्षमा छैन ।

यो पढ्नुस्।
१५ दिनपछि निर्वाचनको मिति घोषणाको तयारीमा प्रचण्ड
साढे ३३ किलो सुन तस्करीमा प्रहरीकै एसएसपी खत्री पक्राउ