२३ माघ, अङकरा । टर्कीको सेनाले गरेको कारबाहीमा परी गत २४ घण्टामा ३३ जना इस्लामिक स्टेट (आइएस) लडाकु मारिएका छन् ।

लडाकुहरुलाई लक्षित गरी उत्तरी सिरियाको अल्बाबमा भएको सुरक्षा कारबाहीमा उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीले आइतबार जानकारी दिएका छन् ।

कारबाहीका क्रममा सयौँको सङ्ख्यामा विस्फोटक पदार्थसमेत बरामद गरिएको उनीहरुले बताएका छन् ।

टर्किको सरकारी सेनाले गत अगस्तदेखि ईस्लामिक स्टेट, सिरियन कुर्दिस पिपल्स् प्रोटेक्सन युनिटस् र सिरियन कुर्दिस डेमोक्र्याटिक युनियन पार्टीका लडाकु विरुद्ध सुरक्षा कारबाही कडा बनाउदै लगेको छ । रासस/सिन्ह्वा