५ कात्तिक, काठमाडौं ।

बुधबार नाटकीयरुपमा संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध प्रमुख प्रतिपक्षी दल एमाले र सत्तारुढ माओवादीका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि शुरु भएको ‘हाइ भोल्टेज ड्रामा’ ले धेरैलाई समस्यामा पारिदिएको छ ।

१७ वर्ष अघि एसएलसी बोर्ड फष्ट भएकी सुम्निमा यसरी भेटिइन्

दर्ता प्रक्रियामा सहभागी भएको माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर गराउँदा आफूहरुलाई झुक्काइएको बताएपछि माओवादी भित्र तनाव बढेको छ भने संसदको प्रमुख ठूलो दल नेपाली कांग्रेसले औपचारिक धारणा सार्वजनिक नगर्दा राजनीतिक अड्किएको छ ।

sher bahadur deuwa car walking

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकमान प्रकरणलाई उनलाई अघिल्लो पटक सत्ताच्युत गर्ने कटवाल काण्डसँग तुलना गरेको कुरा सार्वजनिक भैसकेको छ । लोकमान प्रकरणकै कारण प्रमुख सत्ता साझेदार कांग्रेस र माओवादीबीच समेत विश्वासको दरार पैदा भएको चर्चा छ ।

देउवाको मौन रणनीति

बुधवार दिउसो लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कांग्रेस सभापति देउवा आफ्नै पार्टी भित्र दवावमा परे । उनी पक्षीय केही प्रभावशाली कांग्रेस नेताहरु एमालेले सरकार ढाल्न खोजेको भन्दै देउवालाई कुनै पनि हालतमा यो कदममा साथ दिन नहुने भन्दै दवाव दिन आएपछि देउवाले मौन रणनीति अपनाएका छन् । आफ्नै पार्टीबाट सरकारमा नेतृत्व गरेका भारतीय लवीका विमलेन्द्र निधी सहितका नेताले देउवालाई सचेत हुन र महाअभियोग कुनै हालतमा पारित हुन नदिने अडान लिएपछि दवावमा परेका देउवालाई भारतीय दुतावासबाट समेत थप दवाव परेको श्रोत बताउँछ ।

bimalendra-nidhi sher bahadur deuwa

राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन नागरिक समेत लोकमानको बचाउ अभियानमा सक्रिय भएको समाचार शुक्रबारको नागरिक दैनिकले प्रकाशित गरेको छ भने कान्तिपुर दैनिकले पनि भारतीय दुताबास लोकमान जोगाउन सक्रिय भएको समाचार प्रकाशित गरेको छ ।

लोकमान प्रकरणमा प्रचण्डलाई च्यालेञ्ज गर्ने माओवादी सांसदको अर्को स्ट्याटस

लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कांग्रेस सभाषद अमरेश कुमार सिंहसहित बालुवाटार पुगेका भारतीय राजदुत रञ्जित रेले लोकमानलाई बेइज्जती गरेर नपठाउन प्रचण्डलाई दवाव दिएको बताइएको छ । प्रचण्डलाई दवाव दिएपछि सो टोली देउवालाई भेट्न बुढानिलकण्ठ पुगेको थियो ।

दिल निशानी मगरः लोकमान सिंह कार्कीको आत्मकथा भाग- १

पार्टी भित्रैको लवी र भारतीय दवावको चेपुवामा परेका देउवाले लोकमान प्रकरणमा लोकमानलाई बचाएर पार्टीलाई क्षति नपुर्‍याउने बरु उनको सम्भावित राजिनामापछि मुख खोल्ने रणनीति बनाएका छन् । उता सत्ता समिकरणमै क्षेप्यास्त्र प्रहार गर्न सफल भएको एमाले नेतृत्व भने विकशित घटनाक्रमबाट पुलकित बनेको बताइएको छ ।