८ पुस, चरिकोट ।

आज फेरि बैशाख १२ गतेको भूकम्पको पराकम्प भएको छ ।

दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

8 pus earthquake

बिहान ८ बजेर ५९ मिनेटमा दोलखा पराकम्प भएको हो । वैशाख १२ गतेको भूकम्पपछि त्यसको पराकम्पसँगै नयाँ भूकम्प पनि भइरहेको केन्द्रले जनाएको छ ।