भारतमा २०१५मा सबैभन्दा बढी खोजि गरिएका सेलिब्रिटीहरूमध्ये सन्नि लियोनी फेरि पनि प्रथम स्थानमा बस्न सफल भएकी छिन्। उनले बलिउडका सुपरस्टार सलमान खान, शाहरुख खान, दिपिका पादुकोण तथा क्याटरिना कैफलाई पछि पार्दै सबैभन्दा बढी चर्चित हुन सफल भएकी छिन्।

भारतका पूर्वराष्ट्रपति अब्दुल कलाम भने तेश्रो स्थानमा छन्। अब्दुल कलामले क्याटरिना , दिपिका तथा शाहरुख खानलाई पछि पारेका हुन, जो क्रमैसँग चौथो, पाँचौ र छैँठौ स्थानमा छन।

भारतको प्रधानमन्त्री नरेन्द्र मोदी १० औँ स्थानमा छन्।

मोदी भन्दा २ स्थान अगाडी ८औँ श्रेणीमा दक्षिणकी नायिका काजल अग्रवाल परेकी छिन्। गत वर्ष सबैभन्दा बढी खोजि गरिएका सेलिब्रिटीहरूमा प्रियङ्का चोपडा, विराट कोहली र पुनम पाण्डे परेका थिए भने यस वर्ष उनीहरू टप १० मा पर्न सकेनन।sunny wins salman and srk

सन् २०१५ मा अनलाइनमार्फत कुन कुन सेलिब्रिटीहरूलाई सबैभन्दा बढी खोजिए, टप १० सूची हेर्नुहोस्ः

१. सन्नि लियोनी
२. सलमान खान
३. अब्दुल कलाम
४. केटरिना कैफ
५. दिपीका पादुकोण
६. शाहरुख खान
७. हनि सिंह
८. काजल अग्रवाल
९. आलिया भट्
१०. नरेन्द्र मोदी

यो पनि पढ्नुस्।

बलिउडका ११ होचा नायक नायिका

बलिउडमा फ्लप पश्चात टलिउडमा हिट बनेका ६ नायिका

यो वर्ष सबैभन्दा विवादमा परेका ६ बलिउड कलाकार

फेरी संगै नदेखिने बलिउडका ९ जोडी