२८ चैत, काठमाडौं । निर्वाचन आयोगले दोलखा घटनाको छानवीन गर्ने भएको छ । निर्वाचन आयुक्त सुधीर शाहको नेतृत्वमा छुट्टै असनुसन्धान समिति बनाएर छानवीन थालिएको हो ।

दोलखाको गौरीशंकर नगरपालिकाको जुगुमा मंगलबार राति नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो ।

स्थानीय तहको चुनावमा कुनै घटना विशेषको अनुसन्धानको लागि निर्वाचन आयुक्तको संयोजकत्वमा अनुसन्धान टोली बनाइएको यो पहिलो पटक हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।