प्रयास पराजुली
काठमाडौ ।
विनाशकारी भूकम्प गएको ११ महिना बितिसकेको छ । भुकम्पपछि पनि पराकम्पन आउन अझै रोकिएको छैन् । भुकम्पले बर्षौ विर्सन नसक्ने पीडा छोडेर गएको छ । धेरै ऐतिहासि, सांस्कृतिक, धार्मिक धरोहर ध्वस्त बनाएको छ । आठ हजार भन्दा बढीको ज्यान लियो । छ लाख घर ध्वस्त बनाएको छ । ११ महिना वितिसक्दा समेत ध्वस्त संरचनाको निर्माणले गति लिन सकेको छैन । बजेटको अलमल, कार्यशैलीमा ढिलासुस्ती यस्तै बहानाबाजीले पुरातात्विक संरचनाको काम अगाडि बढ्न सकेको छैन् ।

swayambhunath stupa (8)

विनाशकारी भुकम्पले स्वयम्भुनाथ क्षेत्रको पुननिर्माणको लािग १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

swayambhunath stupa (1)

स्वयम्भुनाथमा अहिले आन्तरिक एवं बाह्य पर्यटनको ठूलो मात्रामा घुइँचो लाग्ने गरेको छ। स्वयम्भुबाट राजधानीको सेरोफेरो चियाउन सकिन्छ । राजधानीको दृष्यावलोकनको लागि पनि दैनिक हजारौ मानिसहरु स्वयम्भु पुग्ने गर्छन । तर अहिले भुकम्पबाट धरहरा भत्किएपछि स्वयम्भु डाँडामा पुग्नेहरुको लागि ठूलो आपत आइ लाग्ने गरेको छ ।

swayambhunath stupa (5)

धरहरा हुँदा राजधानीका विभिन्न स्थानको पहिचान गर्न सहज हुने भएपछि अहिले पनि निकै गाह्रो पर्ने गरेको स्वयम्भु घुम्न आएका टासी शेर्पाले बताए । उनले भने,‘पहिले धराहरा हेरेर पत्ता लगाउन सजिलो थियो, अहिले निकै गाह्रो पर्यो, धरहरा बन्यो भने सजिलो होला नि ?’

swayambhunath stupa (11)

भुकम्प गएको तीन महिनासम्म मानिसहरु स्वयम्भु उक्लिएनन, तर अहिले पहिलाकै जति मानिसहरु आउन थालेका बताउंदै व्यावसायी श्याम श्रेष्ठले भने,‘छिटो पुर्ननिर्माणको काम अगाडि बढे हुन्थ्यो तर खै किन हो अपेक्षा अनुसारको काम अगाडि बढ्न सकेको छैन ।’ स्वयम्भु घुम्न आउने पर्यटकहरुको लागि भत्किएको संरचना भन्दा पनि पुनर्माण गरेर पहिलैकै शैलीका निर्माण हुने संरचना देखाउन पाए राम्रो हुन्थ्यो, श्रेष्ठले भने ।

विश्व सम्पदा सूचिमा सुचिकृत स्वयम्भुनाथ क्षेत्रको पुननिर्माणको काममा ढिला सुस्ती हुँदा पर्यटन क्षेत्रमा घाटा पुग्ने देखिएको छ ।

थप तस्बिर:

swayambhunath stupa (10) swayambhunath stupa (9) swayambhunath stupa (3) swayambhunath stupa (4) swayambhunath stupa (12) swayambhunath stupa (6) swayambhunath stupa (7) swayambhunath stupa (2)