२९ फागुन, काठमाडौ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री शशांक कोइरालामाथि खनिएका छन् । प्रचण्डले महामन्त्री कोइरालाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका बारेमा दिएको अभिव्यक्ति अर्थपूर्ण रहेको बताउदै यसको हिसाब किताब गर्न सबैलाई आग्रह गरेका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

राजधानीमा शनिवार एमाओवादी र नकेपा माओवादी सम्बद्ध दुई शिक्षक संगठनले आयोगना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कोइरालाले प्रश्न गरे, महाधिवशेन हुनु भन्दा पहिला पनि गणतन्त्र, संघियता र धर्मनिरपेक्षतामा पुनर्निर्वाचन गर्न सकिन्छ भन्ने अभिव्यक्ति किन आयो ? उनले कोइरालाको अभिव्यक्ति निकै अर्थपूर्ण भएकाले हिसाब किताब गर्न परिवर्तनका पक्षधरहरुसंग आग्रह गरे ।

प्रचण्डले नौ बर्षको अवधिमा छ बर्ष सरकारमा सहभागी भएपनि राज्यसत्तामा अझै प्रतिक्रियावादी र सामन्तवादको वर्चश्व रहेको सुनाए । परिवर्तन संस्थागत गर्नको लागि माओवादी पार्टीहरुबीच एकता हुनुपर्नेमा प्रचण्डले जोड दिए । प्रचण्डले संविधानका कार्यान्वयन गरी उपलब्धि हासिल गर्न विगतको कमजोरीबाट सिक्दै पार्टी एकता गरेर अगाडि बढ्ने दावी गरे ।

यो पनि पढ्नुस्।

धराहरा नहुँदा स्वयम्भुमा कत्रो आपत्त ! – फोटो फिचर

राष्ट्रीय सरकारको नेतृत्व, अहिलेकै सरकारले गर्छ : मन्त्री राइ

सरकारसंग ४५ लाखको हिसाब माग्दै मधेसी मोर्चा