२१ चैत, एजेन्सी ।

टी-२० विश्वकप अन्तर्गत विहीबार राति भएको खेलमा आयोजक भारत वेष्टइण्डिजसँग हार्दै प्रतियोगिताबाट बाहिरिएको थियो । घरेलु दर्शकलाई स्तब्ध पार्दै वेष्टइण्डियन टिमले ७ विकेटको जित हात पार्‍यो ।

आज टी-२० विश्वकप फाइनलमा भारतलाई पराजित गरेको वेष्टइण्डिज र इङ्ल्याण्ड भिड्दैछन् ।

dhoni with wife

भारत हारेपछि भारतीय क्रिकेट प्रेमीहरु निराश छन् । तर भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीकी पत्नि साक्षी धोनीले भने एउटा हारले संसार अन्त्य नहुने भन्दै आशावादी बन्न भारतीयहरुलाई आग्रह गरेकी छिन् ।

भारतले हार्दा धोनीको पत्निको पीडा (तस्विर सहित)

“धोनी र कोहोलीलाई विच सडकमा बलत्कार गराइदिन्छु”

भारतको जितमा पड्का पटकाउँदा रिसाइन् धोनीकी पत्नी

टिम इण्डियालले पटक पटक मुस्कुराउने अवसर दिएको भन्दै साक्षीले एक हारबाट संसार अन्त्य नहुने भन्दै ट्वीट गरेपछि उनको ट्वीट भाइरल बनेको छ ।

वेष्टइण्डिसँग भारत पराजित हुँदा धोनीकी पत्नि रंगशालामा थिइन् । उनी दुःखी बनेका तस्विर पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।